बाढीले २४ करोड २७ लाख बराबरको क्षति « Khabarhub

बाढीले २४ करोड २७ लाख बराबरको क्षति


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी– गत असोज महिनामा आएको बाढीले हरिनगर गाउँपालिकामा २४ करोड २७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो ।

हरिनगरमा बाढीले सात वटा विद्यालय, छ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा नौ सय बिघामा लगाइएको बाली नष्ट भएको छ । एक हजार छ बिघामा लगाइएको बालीमा भने आंशिक क्षति भएको छ ।

त्यसैगरी, ४० बिघा जमिन पूर्ण रुपले र ५५ बिघा जमिनमा आंशिक क्षति भएको छ । तीनवटा स्वास्थ्य चौकी भत्कनुका साथै २५ वटा चौपाया मरेको उक्त कार्यालयले जनाएको छ ।

बाढीले भत्केका भौतिक संरचनाको मर्मतसम्भार प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ९ : ३५ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा