राष्ट्रपति पौडेलबाट बडीमालिकाको दर्शन  « Khabarhub

राष्ट्रपति पौडेलबाट बडीमालिकाको दर्शन 


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बाजुरा– राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आज बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका–९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरेका हुन् ।

प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनका लागि टाढाटाढादेखि भक्तजन आउने गर्दछन् ।

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका– ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्‌घाटन गर्ने कार्यक्रम छ । 

उक्त कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार अपराह्न सुर्खेत आएका थिए । उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ११ : १४ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक