वैदेशिक लगानी : पर्यटन क्षेत्रमा आकर्षण « Khabarhub

वैदेशिक लगानी : पर्यटन क्षेत्रमा आकर्षण


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वैदेशिक लगानीको आकर्षण पर्यटन क्षेत्रमा केन्द्रित भएको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकअनुसार सो अवधिमा भएको कुल वैदेशिक लगानीको ७१ प्रतिशत पर्यटन क्षेत्रमा भएको देखिएको हो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ३ महिनामा १३१ वटा विभिन्न कम्पनीले नेपालमा लगानीको स्वीकृति लिएका छन् । जसमध्ये ९३ वटा कम्पनीहरूले पर्यटन क्षेत्र, १८ वटा कम्पनीले सेवा क्षेत्र, १२ वटा कम्पनीले उत्पादन क्षेत्र, ५ वटा कम्पनीले सूचना प्रविधि क्षेत्र १ वटा कम्पनीले खनिज क्षेत्र र २ वटा कम्पनीले कृषि क्षेत्रमा लगानी गर्ने स्वीकृति लिएका छन् ।

समीक्षा अवधिमा आएको लगानी प्रतिबद्धता मध्ये १ अर्ब १ करोड ३५ लाख ६० हजार २ सय अटोमेटिक रूटबाट आएको छ भने १५ अर्ब ४२ करोड ७७ लाख ५६ हजार ४ सय एप्रुभल रूटबाट आएको विभागले जनाएको छ । 

चालु आर्थिक वर्षको ३ महिनामा लगानी प्रतिबद्धता जनाएकामध्ये १२८ वटा कम्पनीले साना उद्योग क्षेत्रमा, १ वटा कम्पनीले मझौला उद्योगमा र २ वटा कम्पनीले ठूला उद्योगमा लगानी गर्ने भएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १२ : ४५ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली