दशैँ अवधिमा मादक पदार्थ सेवन गर्ने ३५ हजारलाई कारबाही « Khabarhub

दशैँ अवधिमा मादक पदार्थ सेवन गर्ने ३५ हजारलाई कारबाही


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँ अवधिभरमा ३५ हजार मानिस मादक पदार्थ एवं लागु पदार्थ सेवन गरेको आरोपमा  कारबाहीमा परेका छन् । प्रहरी प्रवक्ता दानबहादुर केसीले अघिल्ला वर्षहरूको तुलनामा अन्य घटनाभन्दा धेरै मापसे र लापसे बढेको बताएका छन् ।

 उनले खबरहबसँग कुरा गर्दै भने, ‘चाडवाडलाई भौतिकवादले च्यापेको छ । मादक पदार्थ सेवन गर्नैपर्ने र सवारी जथाभावी चलाउने साथै सवारी नियम उल्लङ्घन गर्ने प्रवित्ति बढ्यो ।’

दशैँ जस्तो चाडपर्व सौहार्दपुर्वक मनाउने वातावरण बनाउदै गर्दा पनि लापरवाही गरिदिँदा कारवाही गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

 ‘मुख्यरूपमा सडकको चिन्ता थियो, उनले थपे, ‘दशैँ नजिकिँदै गर्दा मुलुकभर बाढी र पहिरोको ठुलो प्राकृतिक विपत्ति सहनुपर्‍यो । त्यसले पहाडी भेगमा धेरै सडकहरूमा क्षति पुग्यो । तर, सरकारले सबैभन्दा धेरै प्राथमिकतामा राखेर नेपालीहरूको मुख्य पर्वमा बाटोको कारण जान नसक्ने स्थिति नहोस् भनेर सडक खुलाउने काम गर्‍यो । राजमार्ग, लोकमार्ग र पहाडी अधिकांश सडक खुले ।’

अघिल्ला वर्षको तुलनामा सडक दुर्घटना घटेको केसी बताउँछन् । उनले भने, ‘केही सवारी दुर्घटनामा पनि परे । त्यसका अधिकांश दुर्घटना सवारी चालकको लापरवाही, सवारी अनियन्त्रित भएको पाइयो । त्यसमा केही जनाको मृत्यु र घाइते हुन पुगे, मृत्यु एक जनाको पनि हुनु दुखद कुरा हो ।’ 

दुर्घटना नहोस् भन्नका लागि प्रहरी क्रियाशील रहेको उनले बताए । 

त्यस्तै अघिल्ला वर्षहरूको तुलनामा यो वर्षको देशैभरीको शान्ति सुरक्षा सामान्य रहेको केसीको भनाइ छ । यद्यपि मुलुकमा केही आपराधिक घटना घटेका छन् । नेपालगञ्ज, डडेलधुरा र रौतहटमा र काठमाडौंमा कर्तव्य ज्यानका घटना घटेका छन् । तर, अपराधीलाई प्रहरीले समयमै पक्राउ गरेर कानुनी दायरामा ल्याएको प्रवक्ताले जानकारी गराए । 

अर्को चोरीको घटना नभएको पनि प्रवक्ताले बताए । उनले भने, ‘काठमाडौंमा यसपटक चोरीको घटना सुन्नमा आएन । काठमाडौंबाट पुर्खौली घर जाने हुन्छ । त्यो समय घर पुरै बन्द गरेर जान्छन् । त्यस समयमा चोरी हुने गरेको थियो । यो निकै सकारात्मक कुरा हो ।’ 

‘चोरी हुन सक्ने अवस्थालाई प्रहरी परिचालन गरिएको थियो । भौतिक रुपमा गस्ती परिचालन र प्राविधिक रुपमा सीसीटिभीको निगरानी गरिएको थियो, प्रवक्ताले भने  ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ३ : ०८ बजे

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार

वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६