दशैँ अवधिमा मादक पदार्थ सेवन गर्ने ३५ हजारलाई कारबाही | Khabarhub Khabarhub

दशैँ अवधिमा मादक पदार्थ सेवन गर्ने ३५ हजारलाई कारबाही


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँ अवधिभरमा ३५ हजार मानिस मादक पदार्थ एवं लागु पदार्थ सेवन गरेको आरोपमा  कारबाहीमा परेका छन् । प्रहरी प्रवक्ता दानबहादुर केसीले अघिल्ला वर्षहरूको तुलनामा अन्य घटनाभन्दा धेरै मापसे र लापसे बढेको बताएका छन् ।

 उनले खबरहबसँग कुरा गर्दै भने, ‘चाडवाडलाई भौतिकवादले च्यापेको छ । मादक पदार्थ सेवन गर्नैपर्ने र सवारी जथाभावी चलाउने साथै सवारी नियम उल्लङ्घन गर्ने प्रवित्ति बढ्यो ।’

दशैँ जस्तो चाडपर्व सौहार्दपुर्वक मनाउने वातावरण बनाउदै गर्दा पनि लापरवाही गरिदिँदा कारवाही गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

 ‘मुख्यरूपमा सडकको चिन्ता थियो, उनले थपे, ‘दशैँ नजिकिँदै गर्दा मुलुकभर बाढी र पहिरोको ठुलो प्राकृतिक विपत्ति सहनुपर्‍यो । त्यसले पहाडी भेगमा धेरै सडकहरूमा क्षति पुग्यो । तर, सरकारले सबैभन्दा धेरै प्राथमिकतामा राखेर नेपालीहरूको मुख्य पर्वमा बाटोको कारण जान नसक्ने स्थिति नहोस् भनेर सडक खुलाउने काम गर्‍यो । राजमार्ग, लोकमार्ग र पहाडी अधिकांश सडक खुले ।’

अघिल्ला वर्षको तुलनामा सडक दुर्घटना घटेको केसी बताउँछन् । उनले भने, ‘केही सवारी दुर्घटनामा पनि परे । त्यसका अधिकांश दुर्घटना सवारी चालकको लापरवाही, सवारी अनियन्त्रित भएको पाइयो । त्यसमा केही जनाको मृत्यु र घाइते हुन पुगे, मृत्यु एक जनाको पनि हुनु दुखद कुरा हो ।’ 

दुर्घटना नहोस् भन्नका लागि प्रहरी क्रियाशील रहेको उनले बताए । 

त्यस्तै अघिल्ला वर्षहरूको तुलनामा यो वर्षको देशैभरीको शान्ति सुरक्षा सामान्य रहेको केसीको भनाइ छ । यद्यपि मुलुकमा केही आपराधिक घटना घटेका छन् । नेपालगञ्ज, डडेलधुरा र रौतहटमा र काठमाडौंमा कर्तव्य ज्यानका घटना घटेका छन् । तर, अपराधीलाई प्रहरीले समयमै पक्राउ गरेर कानुनी दायरामा ल्याएको प्रवक्ताले जानकारी गराए । 

अर्को चोरीको घटना नभएको पनि प्रवक्ताले बताए । उनले भने, ‘काठमाडौंमा यसपटक चोरीको घटना सुन्नमा आएन । काठमाडौंबाट पुर्खौली घर जाने हुन्छ । त्यो समय घर पुरै बन्द गरेर जान्छन् । त्यस समयमा चोरी हुने गरेको थियो । यो निकै सकारात्मक कुरा हो ।’ 

‘चोरी हुन सक्ने अवस्थालाई प्रहरी परिचालन गरिएको थियो । भौतिक रुपमा गस्ती परिचालन र प्राविधिक रुपमा सीसीटिभीको निगरानी गरिएको थियो, प्रवक्ताले भने  ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ३ : ०८ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक