झिनो अंकले बढ्यो नेप्से, कारोबार ७ अर्ब बढी  | Khabarhub Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार ७ अर्ब बढी 


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  झिनो अंकले बढेको छ । लगभग दिनभर बढेको बजार अन्तिममा सेलिङ पेसर आएका कारण बजार २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको हो । 

नेप्से बढेसँगै कारोबार पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर कारोबार भएको छ । 

८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । 

आज ३१६ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । बजार खुल्ला रहँदासम्म ८० हजार ५९५ पटक शेयर किनबेच भयो ।  १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने ६ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी म्युचुअल फण्ड समूह १.४० प्रतिशतले बढेर २१.२८ विन्दुमा पुगेको छ । सबैभन्दा कम निर्जीवन लाइफ समूह ०.७५ अंकले बढेर १३ हजार १९७.१८ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.४० प्रतिशतले, फाइनान्स ०.५१ प्रतिशतले, लगानी समूह ०.७१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२१ प्रतिशतले, अन्य समूह ०.३६ प्रतिशतले बढेको हो । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह २.१० प्रतिशतले घटेर ३ हजार ६५२.२० विन्दुमा आएको छ भने सबैभन्दा कम जलविद्युत समूह ०.१२ प्रतिशतले घटेर ३ हजार ३१०.६८ विन्दुमा आएको छ ।  साथै, विकास बैंक समूह ०.६४ प्रतिशतले, होटल एण्ड टुरिजम १.४८ प्रतिशतले, जिवन बीमा ०.२४ प्रतिशतले, लघुवित्त ०.१९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ३ : २४ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’