झिनो अंकले बढ्यो नेप्से, कारोबार ७ अर्ब बढी  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार ७ अर्ब बढी 


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  झिनो अंकले बढेको छ । लगभग दिनभर बढेको बजार अन्तिममा सेलिङ पेसर आएका कारण बजार २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको हो । 

नेप्से बढेसँगै कारोबार पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर कारोबार भएको छ । 

८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । 

आज ३१६ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । बजार खुल्ला रहँदासम्म ८० हजार ५९५ पटक शेयर किनबेच भयो ।  १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने ६ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी म्युचुअल फण्ड समूह १.४० प्रतिशतले बढेर २१.२८ विन्दुमा पुगेको छ । सबैभन्दा कम निर्जीवन लाइफ समूह ०.७५ अंकले बढेर १३ हजार १९७.१८ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.४० प्रतिशतले, फाइनान्स ०.५१ प्रतिशतले, लगानी समूह ०.७१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२१ प्रतिशतले, अन्य समूह ०.३६ प्रतिशतले बढेको हो । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह २.१० प्रतिशतले घटेर ३ हजार ६५२.२० विन्दुमा आएको छ भने सबैभन्दा कम जलविद्युत समूह ०.१२ प्रतिशतले घटेर ३ हजार ३१०.६८ विन्दुमा आएको छ ।  साथै, विकास बैंक समूह ०.६४ प्रतिशतले, होटल एण्ड टुरिजम १.४८ प्रतिशतले, जिवन बीमा ०.२४ प्रतिशतले, लघुवित्त ०.१९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ३ : २४ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को