चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत | Khabarhub Khabarhub

चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष ०८०-८१मा चार सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोवार गर्न नयाँ नापतौल सम्बन्धी इजाजतपत्र प्रदान गरेको छ । 

सो कार्यालयले दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ । प्राप्त विवरणअनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्ने एक हजार सात सय १७ व्यापारीलाई कारबाही गरी जरिवानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताए। 

धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापगरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न कारवाही, नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा ४० लाख ६७ हजार दुई सय ४२ राजस्व संकलन गरेको जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ५ : ०९ बजे

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

म्याग्दी – गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-८१ मा

समुद्रशास्त्र : यस्ता गुण भएका पुरुषसँग विवाह गर्नु उत्तम

काठमाडौं– शास्त्रमा मानव जीवनका १६ संस्कार बताइएको छ । तीनै

मलको अभावले खेती गर्न समस्या, गहुँ छरेका छैनन् किसानले

भजनी– कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा

सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदातालाई कामकै चटारो

इनरुवा – सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह

काठमाडौं उपत्यका विश्वकै तेस्रो प्रदूषित सहर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा आज वायु प्रदूषण उच्च भएको छ ।