नायब सिंह सैनी बने हरियाणाको मुख्यमन्त्री « Khabarhub

नायब सिंह सैनी बने हरियाणाको मुख्यमन्त्री


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायब सिंह सैनीले हरियाणाको मुख्यमन्त्री बनेका छन् । सैनीले बिहिबार हरियाणाका गभर्नर बंडारु दत्तात्रेयसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए । साथै, महाराष्ट्र, गुजरात, छत्तीसगढ, आन्ध्र प्रदेश र मध्य प्रदेशका मुख्यमन्त्रीहरू पनि शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । 

सैनीको शपथ ग्रहण समारोहमा भाजपा अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंह र सडक तथा यातायात मन्त्री नितिन गडकरी पनि उपस्थित थिए ।

सैनी अक्टोबर १६ मा हरियाणा विधायक दलको नेता चुनिएका थिए । यसको घोषणा गृहमन्त्री अमित शाहले नै गरेका छन् । पार्टीले अमित शाहलाई हरियाणाको पर्यवेक्षक बनाएको थियो ।

सैनी यस वर्ष मार्चमा हरियाणाको मुख्यमन्त्री बनेका थिए । उनले मनोहरलाल खट्टरको स्थानमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । उनकै नेतृत्वमा भारतीय जनता पार्टीले हरियाणामा सबै सर्वे र एक्जिट पोलको अनुमानका विपरित बहुमतसहित जित हासिल गरेको थियो ।   

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ५ : ३० बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको