सरकारले चालु आर्थिक वर्षमा अनुदान प्राप्त गर्न सकेन, आम्दानीभन्दा खर्च बढी « Khabarhub

सरकारले चालु आर्थिक वर्षमा अनुदान प्राप्त गर्न सकेन, आम्दानीभन्दा खर्च बढी


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा तय गरेको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य असोज मसान्तसम्म कत्ति पनि प्राप्त गर्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ५२ अर्ब २३ करोड २६ लाख ५ हजार बराबरको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य राखेकोमा असोज मसान्तसम्मको अवधिमा कत्ति पनि अनुदान प्राप्त गर्न नसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

त्यस्तै, तीन महिनाको आम्दानी खर्चको विवरण हेर्दा सरकार आम्दानीको तुलनामा पौने खर्बले बढी खर्चको अवस्थामा रहेको देखिएको छ । महालेखाको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको तीन महिनामा २ खर्ब ५३ अर्ब १ करोड ३३ लाख आम्दानी गरेको छ भने ३ खर्ब २९ अर्ब २० करोड ११ लाख खर्च गरेको छ ।

विवरणअनुसार सरकारले समीक्षा अवधिमा सबैभन्दा धेरै कार्यसञ्चालन खर्च अर्थात् तलब, भत्ता, मसलन्द लगायतमा २ खर्ब २९ अर्ब ८५ करोड २१ लाख, पुँजीगत खर्चमा २९ अर्ब ३७ करोड ४६ लाख र वित्तीय व्यवस्थापनतर्फ ६९ अर्ब ९७ करोड ४४ लाख खर्च गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा सरकारले कर आम्दानी २ खर्ब १९ अर्ब ६८ करोड २९ लाख र गैरकर आम्दानी २८ अर्ब ५७ करोड ५१ लाख आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ५ : ३२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्