काठमाडौं– जारी दोस्रो टेस्टमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ ।
टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिङ्गमा २२१ रनमा अलआउट भएपछि पहिलो इनिङ्गमा ७५ रनको आधारमा २९७ रनको लक्ष्य दिएको हो ।
पाकिस्तानका लागि दोस्रो इनिङ्गमा सलमान अघाले ६३ रन बनाए भने साउद शकीलले ३१ रन बनाएका थिए । त्यस्तै इङ्ग्ल्याण्डका बलर शोएब बशीरले ४, ज्याक लीचले ३ तथा ब्रिडन कार्सले २ विकेट लिएका थिए ।
यस अघि पाकिस्तानले पहिलो इनिङ्गमा ३६६ रन बनाएको थियो भने इङ्ग्ल्याण्डले आफ्नो पहिलो इनिङ्गमा २९१ रन बनाएको थियो ।
प्रतिक्रिया