जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार « Khabarhub

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ । 

कर्णालीलाई पूर्ण विद्युतिकरण गर्ने प्राधिकरणको कार्ययोजनाअनुसार यहाँका गाउँ गाउँमा प्रसारण लाइन विस्तारको काम तीव्ररुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष साहले जानकारी दिए। जिल्लाका ६० वडामध्ये २५ वटामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ । 

प्रमुख साहका अनुसार तिला गाउँपालिका–६ घोडेमा विद्युत्को  लाइन विस्तार गरिएको छ । यस्तै तातोपानी गाउँपालिका–७ सुर्कीमा पनि विद्युत्को लाइन जोडिएको छ । एक सय ४५ परिवारको बसोबास रहेको सुर्कीमा दसैँ अगाडि नै बत्ती बालिएको हो ।

 पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिकाका विभिन्न वडामा पनि विद्युत् लाइन पुर्‍याउने योजना छ । 

यस्तै  सिञ्जा गाउँपालिकाका ६ वडामध्ये तीन र पाँच नम्बर वडामा बत्ती पुगेको वितरण केन्द्रले जनाएको छ । गुठीचौर र कनकासुन्दरी गाउँपालिकाका सबै वडामा प्रसारण लाइन विस्तारको काम भइरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ६ : ५२ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले