कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक | Khabarhub Khabarhub

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरिएको छ । सरकारको गत असोज ६ गते बनाएको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम विहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सार्वजनिक गरिएको हो । यस अघि कार्यदलले आजै मुख्यमन्त्री कार्कीलाई सो न्युनतम साझा कार्यक्रम हस्तान्तरण गरिएको थियो ।

न्युनतम साझा कार्यक्रममा सरकारले पर्यटन क्षेत्रको विकासका लागि छिमेकी देशको मुख्य सहरमा ‘टुरिजम सो’ गर्ने योजना देखि क्यासिनोको विकास, गाँजाको उत्पादन, घरेलु मदिराको ‘ब्राण्डिङ’, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई समेटिएको छ ।

न्युनतम साझा कार्यक्रममा प्रदेशमा भौतिक संरचना विस्तार, विराटनगर र भद्रपुरबाट अन्तरदेशीय उडान तथा ‘माउण्टेन फ्लाइट’ गर्नेलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै खुर्कोट(चतरा, तुम्लिङटार(चतरा र ताप्लेजुङ तमोर दोभान(चतरा जल यातायातको सम्भाव्यता अध्ययन गर्ने, राष्ट्रिय आय र नागरिकको आयमा वृद्धि गर्न व्यवस्थित ढंगले गाँजा खेती उत्पादन गर्न तथा स्थानीयस्तरमा उत्पादन हुने रक्सी ‘ब्राण्डिङ’ गरी दुवै वस्तुलाई मान्यता दिलाउन संघीय सरकारसँग समन्वयात्मक पहल र प्रयत्न गर्ने उल्लेख छ ।

त्यस्तै गर्भवती तथा सुत्केरी महिला र १० वर्षमुनिका बालबालिकाको उपचारलाई प्रभावकारी बनाउने र उपचार निःशुल्क गर्ने विषयलाई विकेन्द्रीकृत गर्दै सेवा विस्तार गर्ने, शैलेजा आचार्य हृदय रोग केन्द्र विराटनगरलाई नयाँ ढंगले सञ्चालन गर्ने, विद्यालय शिक्षालाई उत्पादनसँग जोड्नका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्ने विषय न्युनतम साझा कार्यक्रममा समेटिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यदलले तयार गरेको कार्यक्रमलाई आधार बनाएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारले बनाएको कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ८ : ११ बजे

सरकारको काममा निराश विपक्षी, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर राष्ट्रपतिलाई भेट्ने 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी

आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

काठमाडौं– आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं–  सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ ।

महन्थ ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि… 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरूको बैठकमा

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दो

काभ्रेपलाञ्चोक – पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति