फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार | Khabarhub Khabarhub

फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

गण्डकी – हावाहुरीका कारण फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नं २४ कालिका गणबाट फेवाताल रेस्क्यु टावरमा खटिएको टोलीले तालको बीच भागमा काठको डुङ्गामा अड्किएका रुपन्देहीको देवदह नगरपालिका–११ का २२ वर्षीय मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर नगरपालिका–११ का २२ वर्षीया प्रिति सुनारको उद्धार गरेको हो ।

काठको डुङ्गा भाडामा लिइ फेवातालमा सवार दुवै जनाको तालको बीच भागबाट उद्धार गरिएको कालिका गणका गणपति प्रहरी उपरीक्षक अरुणकुमार शर्माले जानकारी दिए ।

फेवाताल रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी बलको विशेष विपद् व्यवस्थापन टोलीले घटनाबारे जानकारी प्राप्त गर्नासाथ उनीहरुको उद्धार गरेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १० : २२ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा