नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित « Khabarhub

नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित

खेलको सुरुमै प्रशिक्षक अस्वस्थ


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली नेसन्स कप अन्तर्गत गएराति भएको खेलको सुरुवातमै हंगेरीका प्रशिक्षक अस्वस्थ भएका छन्। अस्वस्थ भएर मैदानमा ढलेका हंगेरीका सहायक प्रशिक्षक आदम स्जालाइको शारीरिक अवस्था अहिले सामान्य रहेको छ। हंगेरी फुटबल संघले जारी गरेको विज्ञप्ति अनुसार प्रशिक्षक स्जालाइका आर्मस्ड्रम अस्पतालमा उपचार भएको हो।

हंगेरीको बेन्चमा आएको समस्याका कारण ७ मिनेट खेल रोकिएको थियो। प्रशिक्षक घाइते भएर अस्पताल पठाएपछि खेल सुरु भएको थियो। उक्त खेलमा नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित भयो। विजयी टोली नेदरल्यान्ड्स नेसन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

नवौँ मिनेटमा ओआउ ओगार्टको पेनाल्टी गोलमा नेदरल्यान्ड्सले खेलमा अग्रता लिएको थियो। नेदरल्यान्ड्सले पाएको अर्को पेनाल्टीलाई कोडी गाप्कोले उपयोग गरे। डेन्जेल डुम्फ्राइजले तेस्रो गोल गरे भने टियोन कुप मेयरनसले अर्को गोल गरे।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : २३ बजे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका