नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित « Khabarhub

नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित

खेलको सुरुमै प्रशिक्षक अस्वस्थ


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली नेसन्स कप अन्तर्गत गएराति भएको खेलको सुरुवातमै हंगेरीका प्रशिक्षक अस्वस्थ भएका छन्। अस्वस्थ भएर मैदानमा ढलेका हंगेरीका सहायक प्रशिक्षक आदम स्जालाइको शारीरिक अवस्था अहिले सामान्य रहेको छ। हंगेरी फुटबल संघले जारी गरेको विज्ञप्ति अनुसार प्रशिक्षक स्जालाइका आर्मस्ड्रम अस्पतालमा उपचार भएको हो।

हंगेरीको बेन्चमा आएको समस्याका कारण ७ मिनेट खेल रोकिएको थियो। प्रशिक्षक घाइते भएर अस्पताल पठाएपछि खेल सुरु भएको थियो। उक्त खेलमा नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित भयो। विजयी टोली नेदरल्यान्ड्स नेसन्स कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

नवौँ मिनेटमा ओआउ ओगार्टको पेनाल्टी गोलमा नेदरल्यान्ड्सले खेलमा अग्रता लिएको थियो। नेदरल्यान्ड्सले पाएको अर्को पेनाल्टीलाई कोडी गाप्कोले उपयोग गरे। डेन्जेल डुम्फ्राइजले तेस्रो गोल गरे भने टियोन कुप मेयरनसले अर्को गोल गरे।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : २३ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले