बाढीपीडितलाई रोशी गाउँपालिकाको सहयोग « Khabarhub

बाढीपीडितलाई रोशी गाउँपालिकाको सहयोग


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो ।

गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा दुई करोड ८० लाख, विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ ।

उक्त पालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियो भने चार सय ८२ घरमा पूर्ण र आठ सय ८३ घरमा आंशिक क्षति भएको थियो ।

यसैगरी, दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा पनि क्षति भएको थियो । बाढीले एक सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, छ सय ४७ विद्यालय, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा नोक्सानी भएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : ३९ बजे

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र