तनहुँमा धमाधम पूर्वाधार निर्माण हुँदै | Khabarhub Khabarhub

तनहुँमा धमाधम पूर्वाधार निर्माण हुँदै


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका–७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की पुल निर्माण गरेको छ ।

आर्थिक वर्ष २०८१–८२ का लागि निर्धारण गरिएका एक सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन् । उक्त कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार ती आयोजनाका लागि एक अर्ब ४० करोड ५९ लाख ८० हजार विनियोजन भएको छ ।

तनहुँको दासढुङ्गा शालिकराम करिडोर लोकगमार्गमा तीन वटा प्याकेजमा काम भइरहेको छ । जिल्लाको बैडीबाट देवघाटसम्मको साढे २१ किमी पहिलो प्याकेजअन्तर्गत काम जारी छ । दोस्रो प्याकेजमा १० किमी र तेस्रो १६ किमी निर्माण हुनेछ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १० : ३४ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित