पूर्णबहादुरको सारङ्गीपछि ‘डोरी’मा अञ्जना, छायाङ्कन थालिँदै « Khabarhub

पूर्णबहादुरको सारङ्गीपछि ‘डोरी’मा अञ्जना, छायाङ्कन थालिँदै


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो वर्ष लगातार दुई हिट फिल्म ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ दिएकी नायिका हुन् अञ्जना बराइली । उनको पछिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ ।

फिल्मका निर्माता विनोद पौडेलका अनुुसार उक्त फिल्मले सुरुवाती १५ दिनमा ३० करोडको व्यापार गरेको छ । यही फिल्मकी नायिका अञ्जना भने अर्को फिल्ममा ‘डोरी’मा अनुबन्ध भएकी छन् ।

निर्देशक अरुण लामाका अनुसार फिल्ममा उनको केन्द्रीय भूमिका रहेको छ । उनीसँग कागजी सम्झौता भइसकेको लामाले जानकारी दिए ।

निर्देशक लामाको भनाइअनुसार यो फिल्म पारिवारको आर्थिक बोझ कम गर्न जोखिमपूर्ण निर्णय लिने र दुष्चक्रमा फसेका युवाको कथामा आधारित छ । ती युवाको घटनाक्रमलाई हाँसो, त्रास र रोचक ढंगले पर्दामा प्रस्तुत गर्ने उनको दाबी छ ।

यसअघि नै फिल्ममा नायक प्रवीण खतिवडा, प्रकाश घिमिरे, शिशिर वाङ्देल, कविता आले, राज पौडेललगायतका कलाकार अनुबन्ध भइसकेका छन् ।

यस फिल्मको कथा निर्देशक लामा आफैँले लेखेका हुन् । जी सेभेन प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मको निर्माता मिस्टर एक्सु र कार्यकारी निर्माता राज थापा हुन् ।

निर्देशक लामाका अनुसार मंसिर दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी छ । फिल्म सन् २०२५ मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ३२ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक