हाइटीमा सामूहिक हिंसाका कारण २० हजारभन्दा बढी विस्थापित | Khabarhub Khabarhub

हाइटीमा सामूहिक हिंसाका कारण २० हजारभन्दा बढी विस्थापित


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ- हैटीको राजधानी पोर्ट–ओ–प्रिन्समा चार दिनमा २० हजारभन्दा बढी मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको एक निकायले शनिबार जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका हाइटी प्रमुख ग्रेगोइर गुडस्टीनले भने, ‘पोर्ट–ओ–प्रिन्सको अलगावले लामो समयदेखि गम्भीर मानवीय स्थितिलाई बढवा दिइरहेको छ।’

‘सहायता प्रदान गर्ने हाम्रो क्षमता यसको सीमासम्म फैलिएको छ। तत्काल अन्तर्राष्ट्रिय सहयोग बिना यो पीडा अझ विकराल हुनेछ,’ गुडस्टीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आइओएमका अनुसार हालै बसाइँ सर्न बाध्य भएका करिब २० हजारमध्ये करिब १७ हजार मानिस पहिलेदेखि नै अस्थायी आवासमा थिए र धेरै पटक विस्थापित भइसकेका छन् ।

‘सन् २०२३ को अगष्टदेखि हाइटीमा यति ठूलो सङ्ख्यामा विस्थापन भएको देखिएको थिएन,’ आप्रवासन एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हाइटीका प्रधानमन्त्री एलिक्स डिडिएर फिल्स–एमेले निवर्तमान प्रधानमन्त्री गैरी कोनिलेको स्थानमा सोमबार शपथ लिएका छन् ।

पोर्ट–ओ–प्रिन्समा हिंसात्मक अपराध उच्च छ, शहरको लगभग ८० प्रतिशत नियन्त्रण गरेका सशस्त्र गिरोहहरूले नियमित रूपमा नागरिकहरूलाई लक्षित गर्छन् । यद्यपि, कोनिले नेतृत्वको अन्तर्राष्ट्रिय बललाई हाइटीको प्रहरीलाई सुव्यवस्था बहाल गर्न मद्दत गर्न तैनाथ गरिएको छ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका अनुसार यस वर्ष सामूहिक हिंसाका कारण करिब चार हजार व्यक्तिकोे मृत्यु भएको छ ।

पोर्ट–ओ–प्रिन्समा पुग्ने वा प्रस्थान गर्ने तीन वटा जेटलाइनरमा गोली चलेपछि संयुक्त राज्य अमेरिकाले एक महिनाका लागि सबै नागरिक उडानमा प्रतिबन्ध लगाएपछि हाइटीले गत हप्ता बाँकी विश्वसँग ठूलो सम्बन्ध गुमाएको थियो। -रासस

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : २३ बजे

भैरवी मन्दिर- धार्मिक पर्यटनको प्रमुख केन्द्र 

मलेखु – नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको

रविको बयान चलिरहँदा वीरगञ्जमा रास्वपा कार्यकर्ताको प्रदर्शन

वीरगञ्ज- सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी 

हाम्रो ध्यान जनतातिर छ, सरकारका कामको खबरदारी गरिरहन्छौं : प्रचण्ड

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आक्रमक सुरुवात गरेका पोखराका दुवै ओपनर आउट

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितअन्तर्गत पोखरा एभेन्जर्सका दुवै

कर्णाली याक्सविरुद्ध ब्याटिङमा पोखरा एभेन्जर्स, उत्कृष्ट सुरुवात

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितअन्तर्गत मंगलबारको दोस्रो खेलमा