माओवादी-समाजवादी तालमेल, कीर्तिपुरको मेयरमा संयुक्त उम्मेदवारी | Khabarhub Khabarhub

स्थानीय तह उपनिर्वाचन

माओवादी-समाजवादी तालमेल, कीर्तिपुरको मेयरमा संयुक्त उम्मेदवारी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा दुई प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन् ।

यी दुई दलले काठमाडौं जिल्लाका दुई स्थानीय तहमा तालमेलसहित आइतबार उम्मेदवारी दिएका हुन् ।

जसअनुसार कीर्तपुरको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले एकीकृत समाजवादीको समर्थनमा उम्मेदवारी दिएका छन् ।

उता काठमाडौं महानगरपालिका-१६ मा एकीकृत समाजवादीका उम्मेदवार मीन मानन्धरलाई माओवादी केन्द्रले समर्थन गरेको छ । काठमाडौं १६ मा नेपाली कांग्रेसबाट विजयी मुकुन्द रिजालको निधनपछि उपनिर्वाचन हुन लागेको हो।

तालमेलबारे शनिबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेबीच सहमति भएको थियो ।

 

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ५७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग