माओवादी-समाजवादी तालमेल, कीर्तिपुरको मेयरमा संयुक्त उम्मेदवारी « Khabarhub

स्थानीय तह उपनिर्वाचन

माओवादी-समाजवादी तालमेल, कीर्तिपुरको मेयरमा संयुक्त उम्मेदवारी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा दुई प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन् ।

यी दुई दलले काठमाडौं जिल्लाका दुई स्थानीय तहमा तालमेलसहित आइतबार उम्मेदवारी दिएका हुन् ।

जसअनुसार कीर्तपुरको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले एकीकृत समाजवादीको समर्थनमा उम्मेदवारी दिएका छन् ।

उता काठमाडौं महानगरपालिका-१६ मा एकीकृत समाजवादीका उम्मेदवार मीन मानन्धरलाई माओवादी केन्द्रले समर्थन गरेको छ । काठमाडौं १६ मा नेपाली कांग्रेसबाट विजयी मुकुन्द रिजालको निधनपछि उपनिर्वाचन हुन लागेको हो।

तालमेलबारे शनिबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेबीच सहमति भएको थियो ।

 

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ५७ बजे

राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई

आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास

काठमाडौं– सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत

बाल सुधार गृहका बालबालिकाको मानवअधिकार अवस्थाबारे समितिमा छलफल

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका बाल

विश्वकप फाइनलमा स्पेनविरुद्ध अर्जेन्टिनाको पक्षमा किन उभिए नेतान्याहू ?

तेलअभिभ- फुटबल कहिलेकाहीँ ९० मिनेटको खेलभन्दा धेरै ठूलो विषय बन्छ।

नेकपा संयोजक दाहाल स्वदेश फिर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा