मोरङको ग्रामथानमा रास्वपाको उम्मेदवारी, नवीन विश्वास मैदानमा « Khabarhub

मोरङको ग्रामथानमा रास्वपाको उम्मेदवारी, नवीन विश्वास मैदानमा


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

विराटनगर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक स्थानीय तह निर्वाचन लड्ने भएको छ।

२०७९ को निर्वाचन हुनुअघि ६ महिनाअघि खुलेको यस दलले संघीय संसद्‍मा २१ सीट जितेको थियो । त्यसबेला प्रदेशमा उम्मेदवारी नदिएको रास्वपाले पहिलो पटक स्थानीय तहको निर्वाचन लड्ने भएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदमा उठ्न तयार सुजता थापालाई मनोनयनमा जाने तयारी गरिरहेका बेला शनिबार मंसिर १ गते दिउँसो करिब १ बजे ४०/५० जनाको समूहले घरमै आएर धक्की दिएको भन्दै रास्वपाले विरोध जनाएको थियो ।

थापा र उनका श्रीमान् बल थापालाई करिब ४०-४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञातस्थलतर्फ लिएर गएको दाबी रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका थिए । यस्तोमा देशका ४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने-नगर्ने टुंगो दिउँसो ३ बजे गर्ने बताएको रास्वपाबाट मोरङको ग्रामथानमा भने उम्मेदवारी दर्ता भइसकेको छ ।

ग्रामथान गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले नवीनकुमार विश्वासलाई उम्मेदवार बनाएको छ । त्यहाँ रास्वपाका कार्यकर्ताहरू र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विश्वासले मनोनयन दर्ता गराइसकेका छन् ।

विश्वासको मनोनयन दर्ता गराउने क्रममा रास्वपाकी कान्छी सांसद निशा डाँगी पनि पुगेकी थिइन् । उनी झापाको भद्रपुर नरपालिका निवासी समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : ५६ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी