क्यान महासंघ बाँकेको अध्यक्षमा जोशी र सचिवमा क्षेत्री निर्वाचित « Khabarhub

क्यान महासंघ बाँकेको अध्यक्षमा जोशी र सचिवमा क्षेत्री निर्वाचित


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ बाँकेको २२ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका केन्द्रीय उपाध्यक्ष ध्रुवराज शर्मा सुदिपको उपस्थितिमा सम्पन्न साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो ।

क्यान बाँकेको नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा दीपक कुमार खड्का, उपाध्यक्षमा ओस्कर थापा र सचीवमा रमेश क्षेत्री छन् ।

त्यस्तै सहसचिवमा विष्णु प्रसाद कंडेल र कोषाध्यक्षमा रेमन्त बहादुर खत्री र सदस्यहरुमा जिता कुमारी रावत, निसान्त कुमार शाक्य, दिनानथ सोनि, उत्तम क्षेत्री, अमर महतारा, महेश चौधरी, अन्कित श्रीवास्तब र रोशनी पौडेल चयन भएका छन् ।

क्यान बाँकेको २२ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनको बिशिस्ट अतिथि क्यान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण खनाल, बिशिस्ट अतिथि क्यान महासंघ बाँकेका संस्थापक अध्यक्ष इश्वर पोख्रेल, बिशिष्ट अतिथि पूर्व केन्द्रिय उपाध्यक्ष तथा पूर्व अध्यक्ष सन्जय थापा, बिशिस्ट अतिथि पूर्व अध्यक्ष जितेन्द्र जोशी तथा भुपाल गिरिको अतिथि तथा क्यान बर्दियाको पूर्व अध्यक्ष नवनिर्वाचित पदाधिकारीसहितको उपस्थिति थियो ।

कार्यक्रममा बर्दियाका कर्ण बहादुर बुढा क्षेत्रीलाई मोबाइल एप निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान कमाउन सफल एप डेभलपरलाई सम्मान गरेको छ । उक्त उद्घाटन सत्रको अध्यक्षता शिशिर नारायण श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : २३ बजे

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी