मुकुन अब भिलेन ! « Khabarhub

मुकुन अब भिलेन !


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेब्यू फिल्म ‘बुलबुल’बाटै स्थापित ‘भाग्यमानी’ नायक हुन्- मुकुन भुसाल । अहिले उनी अभिनित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कीर्तिमानी व्यापार गर्दै प्रदर्शनरत छ । सुरुवाती १५ दिनमा ३० करोडको व्यापार गरेको उक्त फिल्ममा मुकुन ‘वीरे’को भूकिमा छन् ।

मुकुन चरित्र निर्माणमा दख्खल राख्ने नायक हुन् । यो ‘बुलबुल’मा ‘चोपेन्द्र’बनेर होस् वा ‘पूर्णबहादुरको सारङ्गी’मा ‘वीरे’ बनेर उनले आफूलाई प्रमाणित गरिसकेका छन् ।

पछिल्लो फिल्ममा ‘वीरे’ बनेर चर्चा कमाइरहेका मुकुनले दर्शकलाई अर्को सुखद समाचार लिएर आएका छन् । उनी शौरभ चौधरीको निर्देशन रहने फिल्म ‘कर्मा’मा फाइनल भएका छन् ।

विगतको फिल्ममाभन्दा मुकुन ‘कर्मा’मा फरक चरित्रमा देखिँदैछन् । निर्देशक चौधरीका अनुसार उनी खलपात्रका लागि फाइनल भएका हुन् । मुकुनले पहिलो पटक फिल्ममा खलपात्रको भूमिका निर्वाह गर्न लागेका हुन् ।

यसबारे मुकुन भन्छन्, ‘कलाकारलाई फरक-फरक भूमिकामा देखिने चाहाना हुन्छ । यसमा पनि मेरो खलपात्र भए पनि सशक्त भूमिका छ । कलाकारको रुपमा पात्रको मायाले नै मलाई फिल्ममा आकर्षण गर्‍यो ।’

दर्शकलाई फरक स्वादको फिल्म दिने उद्देश्यले खलपात्रको भूमिका निर्वाह गर्न लागेको उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘दर्शकलाई फिल्मबाट मनोरञ्जन प्रदान हुन्छ भन्ने लागेकैले म नकारात्मक पात्रका रुपमा देखिन तयार भएको हुँ ।’

यस फिल्ममा कलाकारको ‘आइन अप’ पनि बलियो छ । चरित्र निर्माणमा दख्खल राख्ने क्षमताबाटै स्थापित अर्का नायका विपिन यस फिल्मको केन्द्रीय भूमिकामा छन् । नायिका उपासना सिंह ठकुरी विपिनको जोडीको भूमिकामा फाइनल भएकी छन् ।

‘कर्मा’ विपिनको पनि पहिलो ‘एक्सन’ फिल्म हो । यसका लागि उनले ८ केजी तौल बढाइसकेका छन् । यसकै लागि उनी अहिले जिम धाएर ज्यान बनाइरहेका छन् ।

यो फिल्मको छायाङ्कन मंसिर दोस्रो साताबाट हुने जनाइएको छ । निर्देशक चौधरीका अनुसार दाङ र रुकुममा फिल्मको छायाङ्कन हुनेछ ।

फिल्मको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् । आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्मको निर्माता वसन्त लम्साल हुन् ।

आगामी नयाँ वर्ष लक्षित गरी अर्थात् चैत २९ गते फिल्म प्रदर्शनमा ल्याउने योजनाका साथ काम भइरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ०५ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको