मुकुन अब भिलेन ! « Khabarhub

मुकुन अब भिलेन !


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेब्यू फिल्म ‘बुलबुल’बाटै स्थापित ‘भाग्यमानी’ नायक हुन्- मुकुन भुसाल । अहिले उनी अभिनित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कीर्तिमानी व्यापार गर्दै प्रदर्शनरत छ । सुरुवाती १५ दिनमा ३० करोडको व्यापार गरेको उक्त फिल्ममा मुकुन ‘वीरे’को भूकिमा छन् ।

मुकुन चरित्र निर्माणमा दख्खल राख्ने नायक हुन् । यो ‘बुलबुल’मा ‘चोपेन्द्र’बनेर होस् वा ‘पूर्णबहादुरको सारङ्गी’मा ‘वीरे’ बनेर उनले आफूलाई प्रमाणित गरिसकेका छन् ।

पछिल्लो फिल्ममा ‘वीरे’ बनेर चर्चा कमाइरहेका मुकुनले दर्शकलाई अर्को सुखद समाचार लिएर आएका छन् । उनी शौरभ चौधरीको निर्देशन रहने फिल्म ‘कर्मा’मा फाइनल भएका छन् ।

विगतको फिल्ममाभन्दा मुकुन ‘कर्मा’मा फरक चरित्रमा देखिँदैछन् । निर्देशक चौधरीका अनुसार उनी खलपात्रका लागि फाइनल भएका हुन् । मुकुनले पहिलो पटक फिल्ममा खलपात्रको भूमिका निर्वाह गर्न लागेका हुन् ।

यसबारे मुकुन भन्छन्, ‘कलाकारलाई फरक-फरक भूमिकामा देखिने चाहाना हुन्छ । यसमा पनि मेरो खलपात्र भए पनि सशक्त भूमिका छ । कलाकारको रुपमा पात्रको मायाले नै मलाई फिल्ममा आकर्षण गर्‍यो ।’

दर्शकलाई फरक स्वादको फिल्म दिने उद्देश्यले खलपात्रको भूमिका निर्वाह गर्न लागेको उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘दर्शकलाई फिल्मबाट मनोरञ्जन प्रदान हुन्छ भन्ने लागेकैले म नकारात्मक पात्रका रुपमा देखिन तयार भएको हुँ ।’

यस फिल्ममा कलाकारको ‘आइन अप’ पनि बलियो छ । चरित्र निर्माणमा दख्खल राख्ने क्षमताबाटै स्थापित अर्का नायका विपिन यस फिल्मको केन्द्रीय भूमिकामा छन् । नायिका उपासना सिंह ठकुरी विपिनको जोडीको भूमिकामा फाइनल भएकी छन् ।

‘कर्मा’ विपिनको पनि पहिलो ‘एक्सन’ फिल्म हो । यसका लागि उनले ८ केजी तौल बढाइसकेका छन् । यसकै लागि उनी अहिले जिम धाएर ज्यान बनाइरहेका छन् ।

यो फिल्मको छायाङ्कन मंसिर दोस्रो साताबाट हुने जनाइएको छ । निर्देशक चौधरीका अनुसार दाङ र रुकुममा फिल्मको छायाङ्कन हुनेछ ।

फिल्मको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् । आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्मको निर्माता वसन्त लम्साल हुन् ।

आगामी नयाँ वर्ष लक्षित गरी अर्थात् चैत २९ गते फिल्म प्रदर्शनमा ल्याउने योजनाका साथ काम भइरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित