कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पारित, एक अर्ब पनि उठेन पुँजीगत लाभकर « Khabarhub

कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पारित, एक अर्ब पनि उठेन पुँजीगत लाभकर


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको घरजग्गा व्यवसायले गति लिन लिन नसकेको तथ्यांकले देखाएको छ । असोज महिनाको तुलनामा घरजग्गा कारोबारमा केही वृद्धि भएको देखिए पनि उल्लेख्य सुधार आउन नसकेको देखिएको हो ।

चालु आर्थिक वर्षको असोज महिनामा ३० हजार ५२७ वटा लिखत पारित भएकोमा कात्तिक महिनामा झिनो संख्याले बढेर ३३ हजार ५१४ वटा लिखत पारित भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

साउनमा ४३ हजार ८३५, भदौमा ३२ हजार ७९८ पारित भएको थियो । त्यस्तै, कात्तिक महिनामा २९ वटा अपार्टमेन्ट पारित भएको छ ।
कात्तिक महिनामा सबैभन्दा धेरै भूमि सुधार तथा मालपोत कार्यालय, सुनसरी इनरुवामा १२ सय ४६ वटा लिखत पारित भएको छ भने मालपोत कार्यालय सिर्दिवासमा शून्य कारोबार भएको विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६, असोज महिनामा ३९ हजार ८८१ र कात्तिक महिनामा २६ हजार ४६ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

त्यस्तै, सरकारले घरजग्गा कारोबारबाट कात्तिक महिनामा ९३ करोड ७७ लाख ९१ हजार ८२० रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ । सो रकम असोज महिनाको तुलनामा भने झण्डै १८ अर्बले कमी हो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा सरकारले घरजग्गा कारोबारबाट १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार ८६६, भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख ६५ हजार ११३ रुपैयाँ र असोज महिनामा १ अर्ब ११ करोड ६२ लाख ७१ हजार ७६९ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : २३ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड