एमाले युवा-विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा शिवाकोटी निर्विरोध « Khabarhub

एमाले युवा-विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा शिवाकोटी निर्विरोध


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा एमालेको गैरभूगोल युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा सुदर्शन शिवाकोटी निर्विरोध चयन भएका छन् ।

यस जिल्ला कमिटीको पाँचौँ अधिवेशनबाट शिवाकोटीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । यो जिल्ला कमिटीको सचिवमा नरेन्द्र न्यौपानेसमेत अध्यक्ष जस्तै निर्विरोध निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्ष र उपसचिवमा निर्वाचन गरिएको थियो । निर्वाचनका क्रममा उपाध्यक्ष पदमा श्यामकाजी खत्रीले प्रकाश भुजेललाई हराए । विजयी श्यामकाजीले १७१ मत ल्याए भने पराजित प्रकाश ६३ मतमा समेटिए ।

उता उपसचिव महिला पदमा पनि चुनाव हुँदा बिनिता काफ्लेले १६१ सहित विजयी भइन् । सजिना थापा मगरले ७० मत ल्याइन् ।

यो जिल्ला कमिटीको अधिवेशन २८ कात्तिकमा एमाले महासचिव शंकर पोखरेलले च्यासलमा उद्घाटन गरेका थिए ।

सर्वसम्मत नेतृत्व छान्ने कोसिस भए पनि सहमति नजुट्दा केही पदमा चुनाव गरिएको हो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : २८ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि