परिवार नियोजन सङ्घको अध्यक्षमा डा.श्रेष्ठ निर्वाचित « Khabarhub

परिवार नियोजन सङ्घको अध्यक्षमा डा.श्रेष्ठ निर्वाचित


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा चितवनका डा राजेन्द्रबहादुर श्रेष्ठ विजयी भएका छन्  । बागलुङ बजारमा सम्पन्न ४२औँ केन्द्रीय सभामा अध्यक्ष पदमा चार जना प्रतिस्पर्धा रहेका थिए । अधिवेशनमा देशभरका २७ शाखाका प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।

निर्वाचनको मत परिणामअनुसार डा राजेन्द्रबहादुर श्रेष्ठ र निरन्जनप्रसाद श्रेष्ठले बराबर मत प्राप्त गरेका थिए  । श्रेष्ठ गोलाप्रथाबाट चयन भएका हुन् । दुवै जनाले १०/१० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिए । अध्यक्षका अन्य प्रत्याशी मनोजप्रसाद उप्रेतीले पाँच र डा किरण रेग्मीले दुई मत प्राप्त गरेका थिए ।

यस्तै, कोषाध्यक्षमा निर्माणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धी जनकराज जोशीलाई दुई मतले हराउँदै श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १२ मत प्राप्त गर्दा प्रतिस्पर्धी जोशीले १० र सुरेन्द्र बस्नेतले पाँच मत मात्र प्राप्त गरेका थिए  ।

यस्तै, महिला सदस्यमा कमला सापकोटा र राधिका गुरुङ निर्वाचित भएका निर्वाचन अधिकृत गौतमले जानकारी दिए । दुई पदमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचित सदस्य द्वयमध्ये  सापकोटाले २० र  गुरुङले १६ मत प्राप्त गरेकी थिइन् भने प्रतिस्पर्धी नितु बस्नेतले १४ मत प्राप्त गरिन् ।

गौतमका अनुसार सङ्घको नेतृत्वका लागि विधानअनुसार अध्यक्ष, कोषाध्यक्ष, महिला सदस्य, युवा सदस्य र विशेषज्ञ सदस्य गरी नौ पदमा निर्वाचन सम्पन्न भएको थियो ।

जसमध्ये युवा सदस्यमा प्रमिला खड्का र विशेषज्ञ सदस्य पदमा भागरथी भट्ट निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै, विशेषज्ञतर्फ यौनिक अल्पसङ्ख्याक वा अपाङ्गता भएकाबाट सजिया श्रेष्ठ, कानुनबाट चन्द्रमाया श्रेष्ठ, अर्थबाट गजेन्द्रदेव लेखक र यौन तथा प्रजनन विशेषज्ञबाट दिनेशमान सिंह प्रधान निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ४१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्