सिकलसेल रोगको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड | Khabarhub Khabarhub

सिकलसेल रोगको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिकलसेल उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना गरिएको छ ।

आजदेखि प्रतिष्ठानमा भर्ना हुनेका लागि १० शय्या र दिवा उपचारका लागि पाँच शय्यासहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले जानकारी दिए ।

यो सँगै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको उपचारका लागि नै स्थापना गरिएको वार्डको सङ्ख्या दुई पुगेको छ । यसअघि नेपालगञ्जको भेरी अस्पतालमा यो रोगको उपचारका लागि वार्ड स्थापना गरिएको थियो । वंशाणुगत रोग सिकलसेल थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित छन् । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा अब अन्य समयमा पनि प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति डा लामिछानेले बताए  ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गरेका थिए  । सिकलसेलको औषधिसमेत निःशुल्क उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ४७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता