सिकलसेल रोगको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड « Khabarhub

सिकलसेल रोगको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिकलसेल उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना गरिएको छ ।

आजदेखि प्रतिष्ठानमा भर्ना हुनेका लागि १० शय्या र दिवा उपचारका लागि पाँच शय्यासहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले जानकारी दिए ।

यो सँगै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको उपचारका लागि नै स्थापना गरिएको वार्डको सङ्ख्या दुई पुगेको छ । यसअघि नेपालगञ्जको भेरी अस्पतालमा यो रोगको उपचारका लागि वार्ड स्थापना गरिएको थियो । वंशाणुगत रोग सिकलसेल थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित छन् । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा अब अन्य समयमा पनि प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति डा लामिछानेले बताए  ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गरेका थिए  । सिकलसेलको औषधिसमेत निःशुल्क उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ४७ बजे

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस – फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास

तराईमा हुस्सु तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको