माओवादी गढमा सत्तारुढ दलको तालमेल : उम्मेदवार एमालेको, चुनाव चिह्न कांग्रेसको | Khabarhub Khabarhub

माओवादी गढमा सत्तारुढ दलको तालमेल : उम्मेदवार एमालेको, चुनाव चिह्न कांग्रेसको


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आसन्न स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले अनौठो चुनावी तालमेल गरेका छन् ।

सशस्त्र संघर्षको समयदेखि नै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको गढका रुपमा परिचित पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेस र एमालेले अचम्म लाग्दो चुनावी तालमेल गरेका हु्न् ।

मंसिर १६ गते पुथा उत्तरगंगा गाउँपालिकामा हुन लागेको उपाध्यक्षको निर्वाचनमा कांग्रेस-एमालेले चुनाव चिह्न र उम्मेदवार साटेका छन् । पुथा उत्तरगंगामा कांग्रेस र एमालेले माओवादीको गढ भत्काउने योजनासहित यो तालमेल गरेका हुन् ।

तालमेलको रमाइलो केछ भने पुथा उत्तरगंगामा एमाले उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सघाउने छ । एमाले जिल्ला कमिटी उपसचिव एवम् अनेमसंघ केन्द्रीय सदस्य उनी चुनाव भने कांग्रेसको चुनाव चिह्न रुखबाट लड्नेछिन् ।

दुई दलले माओवादीको गढ जसरी पनि भत्काउने योजनासहित उम्मेदवार एमालेको तर चुनाव चिह्न भने कांग्रेसको हुने सहमति आइतबार गरेर मनोनयन पनि गरिसकेका छ्न।

दुई दलले उक्त गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोका उठाउने निर्णय गरेका छन् । एमाले उम्मेदवारलाई कांग्रेसले साथ दिने छ ।

दुई ठूला दल नमिलेसम्म माओवादीलाई हराउन नसकिने निष्कर्षसहित यो सहमति भएको हो । उक्त गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको एकै सवारी दुर्घटनामा ज्यान गएको थियो । उनीहरू दुवैजना माओवादीबाट २०७९ मा विजयी भएका जनप्रतिनिधि थिए ।

गत भदौ २८ गते बागलुङमा भएको गाउँपालिकाकै गाडी दुर्घटनामा उनीहरूले ज्यान गुमाएका थिए । भूपेन्द्रकी आमाको पनि रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटनामा निधन भयो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : २६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग