माओवादी गढमा सत्तारुढ दलको तालमेल : उम्मेदवार एमालेको, चुनाव चिह्न कांग्रेसको « Khabarhub

माओवादी गढमा सत्तारुढ दलको तालमेल : उम्मेदवार एमालेको, चुनाव चिह्न कांग्रेसको


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आसन्न स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले अनौठो चुनावी तालमेल गरेका छन् ।

सशस्त्र संघर्षको समयदेखि नै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको गढका रुपमा परिचित पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेस र एमालेले अचम्म लाग्दो चुनावी तालमेल गरेका हु्न् ।

मंसिर १६ गते पुथा उत्तरगंगा गाउँपालिकामा हुन लागेको उपाध्यक्षको निर्वाचनमा कांग्रेस-एमालेले चुनाव चिह्न र उम्मेदवार साटेका छन् । पुथा उत्तरगंगामा कांग्रेस र एमालेले माओवादीको गढ भत्काउने योजनासहित यो तालमेल गरेका हुन् ।

तालमेलको रमाइलो केछ भने पुथा उत्तरगंगामा एमाले उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सघाउने छ । एमाले जिल्ला कमिटी उपसचिव एवम् अनेमसंघ केन्द्रीय सदस्य उनी चुनाव भने कांग्रेसको चुनाव चिह्न रुखबाट लड्नेछिन् ।

दुई दलले माओवादीको गढ जसरी पनि भत्काउने योजनासहित उम्मेदवार एमालेको तर चुनाव चिह्न भने कांग्रेसको हुने सहमति आइतबार गरेर मनोनयन पनि गरिसकेका छ्न।

दुई दलले उक्त गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षमा एमाले जिल्ला कमिटी सदस्य जीवन रोका उठाउने निर्णय गरेका छन् । एमाले उम्मेदवारलाई कांग्रेसले साथ दिने छ ।

दुई ठूला दल नमिलेसम्म माओवादीलाई हराउन नसकिने निष्कर्षसहित यो सहमति भएको हो । उक्त गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको एकै सवारी दुर्घटनामा ज्यान गएको थियो । उनीहरू दुवैजना माओवादीबाट २०७९ मा विजयी भएका जनप्रतिनिधि थिए ।

गत भदौ २८ गते बागलुङमा भएको गाउँपालिकाकै गाडी दुर्घटनामा उनीहरूले ज्यान गुमाएका थिए । भूपेन्द्रकी आमाको पनि रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटनामा निधन भयो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : २६ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय