सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न « Khabarhub

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ। धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट सञ्चालन भएको थियो। पहिलो संस्करणको नेपाल प्रिमियर लिग खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेशभरीका सयौं युवाको उत्साहजनक उपस्थिति रहेको थियो।

नेपाल क्रिकेट संघ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीबाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको छ।

छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटालगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको थियो। सहभागी हुन सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय भन्दा बढी युवा खेलाडीले नाम दर्ता गराएको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए। खेलाडीको नाम भने क्यानबाट स्वीकृति प्राप्त गरेपछि सार्वजनिक गरिनेछ।

सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ। त्यसपछि टिम मंसिर १५ गतेबाट काठमाडौंमा आयोजना हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुन काठमाडौं जानेछ।

स्वतन्त्र प्रताप शाह टिम मालिक रहेको सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी रहेका छन्। सुदूरपश्चिमका खेलाडिलाई बढीभन्दा बढी मौका दिने गरी टिम तयार गरेको र आफ्नो टिमले उत्कृष्ट नतिजा ल्याउने शाहले बताए।

रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ। ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)लाई टिममा समावेश गरेको छ। त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो।

 

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : २९ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी