साउदी अरेबियामा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड | Khabarhub Khabarhub

साउदी अरेबियामा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

दुबई – साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको एएफपीको तथ्याङ्कले जनाएको छ । यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको छ र यसलाई एक अधिकार समूहले अभूतपूर्व बताएको छ ।

पछिल्लो मृत्युदण्ड शनिबार दक्षिणपश्चिमी क्षेत्र नजरानमा, खाडी राज्यमा लागुऔषध तस्करी गरेको आरोपमा यमनका एक नागरिकलाई दिइएको आधिकारिक साउदी प्रेस एजेन्सीले जनाएको छ।राज्य मिडिया रिपोर्टहरूबाट सङ्कलित तथ्याङ्कअनुसार यसले सन् २०२४ मा मृत्युदण्ड दिइएका विदेशीहरूको सङ्ख्या एक सय एक पु¥याएको छ ।

यो सन् २०२३ र २०२२ को तथ्याङ्कको लगभग तीन गुणाभन्दा बढी हो । साउदी अधिकारीहरूले ती प्रत्येक वर्ष ३४ विदेशीलाई मृत्युदण्ड दिएका थिए ।बर्लिनस्थित युरोपेली–साउदी मानवअधिकार सङ्गठन ९इएसओएचआर० ले यस वर्षको मृत्युदण्डले रेकर्ड तोडेको बताएको छ ।

“यो एक वर्षमा विदेशीहरूलाई मृत्युदण्ड दिइएको सबैभन्दा ठूलो सङ्ख्या हो । साउदी अरेबियाले एक वर्षमा एक सय विदेशीलाई कहिल्यै मृत्युदण्ड दिएको थिएन”, समूहका कानूनी निर्देशक ताहा अल–हज्जीले भने ।

साउदी अरेबियाले मृत्युदण्डको प्रयोगका कारण निरन्तर आलोचनाको सामना गरिरहेको छ । यसलाई मानव अधिकार समूहहरूले यसको आफ्नो कठोर छवि नरम पार्ने र अन्तर्राष्ट्रिय पर्यटक र लगानीकर्ताहरूलाई स्वागत गर्ने प्रयासहरूसँग असङ्गत भएको भन्दै निन्दा गरेका छन् ।

एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२३ मा चीन र इरानपछि विश्वको तेस्रो सबैभन्दा धेरै कैदीलाई तेल–समृद्ध राज्य साउदी अरेबियाले मृत्युदण्ड कार्यान्वयन गरेको थियो । सेप्टेम्बरमा एएफपीले साउदी अरेबियाले सन् २०२२ मा एक सय ९६ र सन् १९९५ मा एक सय ९२ को अघिल्लो उच्च सङ्ख्यालाई उछिन्दै तीन दशकभन्दा बढीमा सबैभन्दा बढी मृत्युदण्ड दिएको रिपोर्ट गरेको थियो ।

त्यसबेलादेखि मृत्युदण्ड द्रुत गतिमा जारी छ र एएफपीको तथ्याङ्कअनुसार आइतबारसम्म यस वर्षका लागि कूल दुई सय ७४ जनालाई मृत्युदण्ड दिइएको छ ।

यस वर्ष मृत्युदण्ड दिइएका विदेशीमध्ये पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना रहेका छन् । त्यस्तै सुडान, भारत र अफगानिस्तानबाट तीन–तीन र श्रीलङ्का, इरिट्रिया र फिलिपिन्सबाट एक–एक जना थिए ।

साउदी अरेबियाले सन् २०२२ मा लागुऔषध अपराधीहरूको मृत्युदण्डमा तीन वर्षको रोक समाप्त गरेको थियो र लागुऔषधसँग सम्बन्धित अपराधका लागि मृत्युदण्डले यस वर्षको सङ्ख्या बढाएको छ ।

एएफपीको तथ्याङ्कअनुसार यस वर्ष अहिलेसम्म ९२ जनालाई मृत्युदण्ड दिइएको छ र तीमध्ये ६९ जना विदेशी छन् ।कूटनीतिज्ञ र कार्यकर्ताहरूका अनुसार विदेशी प्रतिवादीहरूले प्रायः न्यायिक कागजातहरूमा पहुँच पाउने अधिकारसहित निष्पक्ष सुनुवाइका लागि उच्च बाधाको सामना गर्नुपर्छ ।

“विदेशीहरू सबैभन्दा कमजोर समूह हुन्”, इएसओएचआरका हज्जीले भने, “उनीहरू ठूला लागूऔषध व्यापारीहरूका पीडित मात्र नभई उनीहरूको पक्राउदेखि मृत्युदण्डसम्म विभिन्न उल्लङ्घनको शिकार पनि हुन्छन् ।”

साउदी अरब प्रमुख अपराधमा दोषी ठहरिएकाहरूको टाउको काट्ने कार्यका लागि कुख्यात छ । यद्यपि आधिकारिक वक्तव्यहरूले प्रायः मृत्युदण्डको विधि उल्लेख गर्दैनन् ।लगातार मृत्युदण्डको उच्च सङ्ख्याले साउदी अरबका वास्तविक शासक, क्राउन प्रिन्स मोहम्मद बिन सलमानको वक्तव्यलाई कमजोर पारेको छ । उनले सन् २०२२ मा द एटलान्टिकलाई राज्यले हत्याका मामिला वा कुनै व्यक्तिले धेरै जीवनमाथि खतरा पु¥याएको अवस्थामा बाहेक मृत्युदण्ड हटाएको बताएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : ४५ बजे

रक्षा क्षेत्रको विकास गर्न भारतले क्वान्टम प्रविधिमा जोड दिने

काठमाडौं – भारतले रक्षा क्षेत्रको विकासका लागि क्वान्टम प्रविधिमा जोड

खलिस्तानी पृथकतावादी अर्शदीप सिंह क्यानडाबाट पक्राउ

काठमाडौं – खलिस्तानी पृथकतावादी गतिविधिमा संलग्न अर्श दल्ला भन्ने अर्शदीप

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न यातायात व्यवसायीको माग

काठमाडौं – देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को

प्रचण्डको ‘चिनियाँ कार्ड’ अभिव्यक्ति कूटनीतिक मर्यादाहीन : भीम रावल

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले ‘प्रधानमन्त्री केपी शर्मा