सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न यातायात व्यवसायीको माग « Khabarhub

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न यातायात व्यवसायीको माग


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको यातायात व्यवसायी तथा मजदुर सम्मिलित टोलीले आज गृहमन्त्री रमेश लेखकलाई भेटेर सरकारको २०७५ वैशाख ४ को निर्णयअनुसार सङ्घ समिति दर्ता नवीकरण नगर्ने तथा कम्पनीबाट सञ्चालन गर्नुपर्ने निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेको भन्दै सर्वोच्चको फैसला कार्यान्वयन गर्न माग गरेको हो ।

यातायात व्यवसायीहरुले कम्पनीमा यातायात सञ्चालन हुँदा अस्वस्थ्य प्रतिस्पर्धा हुनाका साथै दुर्घटना बढेको बताएका छन् । यस्तै, महासङ्घले गृह मन्त्रालयबाट गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले कार्यदलले दिएको सुझावअनुसार यात्रुलाई टिकट काटेर यात्रा गर्न लगाउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने, सम्पूर्ण सवारीसाधनमा जिपिएस ट्र्याकिङ र सिसिटिभीको व्यवस्था गर्ने, सम्पूर्ण चालक तथा सहचालकलाई न्यूनतम ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने कार्यको कार्यान्वयन गर्न सरकारले सबै निकायलाई परिपत्र गर्नुपर्ने बताए ।

यस्तै, शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहार गर्नुपर्ने, चालकलाई सुरक्षित ड्राइभिङसम्बन्धी तालिम प्रदान गर्नुपर्ने, लामो बाटोमा दुईवटा सवारी चालक राख्नुपर्ने, यातायात व्यवसायी तथा मजदुर आचारसंहिता बनाएर लागू गर्नुपर्ने, टिकट काउन्टरका कर्मचारीलाई अनिवार्य पोसाकको व्यवस्था गर्नुपर्नेलगायत माग रहेका छन् ।

यसैगरी, भारतीय मालवाहक सवारी साधनलाई ७२ घण्टासम्म देशको जुनसुकै भूभागमा मालसामान ओसारपसार गर्न दिने असमान सुविधा दिएको हुँदा नेपाली मालवाहक व्यवसायी पेसाबाट पलायन हुने अवस्था आएको भन्दै सो असमान सन्धि खारेज गर्न माग समेत गरेका छन् ।

विगत ६ वर्षदेखि काठमाडौँ उपत्यकाभित्र बिहान ५ देखि बेलुका ९ बजेसम्म सार्वजनिक भाडाका टिपरलाई सञ्चालनमा रोक लगाउँदा टिपर व्यवसायीहरु समस्यामा परेको भन्दै दुर्घटना न्यूनीकरणका उपाय खोजेर जुनसुकै बेला टिपर सञ्चालनको व्यवस्था मिलाउनसमेत महासङ्घले सरकारसँग आग्रह गरेको छ ।

महासङ्घले यातायात सुधार कार्यदलको प्रतिवेदन २०८० कार्यान्वयनका विषयमा सरकारलाई सहजीकरण गर्नसमेत माग गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १० : ३६ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने