रक्षा क्षेत्रको विकास गर्न भारतले क्वान्टम प्रविधिमा जोड दिने « Khabarhub

रक्षा क्षेत्रको विकास गर्न भारतले क्वान्टम प्रविधिमा जोड दिने


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले रक्षा क्षेत्रको विकासका लागि क्वान्टम प्रविधिमा जोड दिने भएको छ । रक्षा क्षेत्रमा क्वान्टम र विद्युतीय प्रविधिको प्रयोगसम्बन्धी सम्मेलनमा भारतीय सेनाका प्रमुख जनरल अनिल चौहानले यस्तो बताएका हुन् ।

आधुनिक युद्धकार्यमा क्वान्टम प्रविधिको ठूलो रणनीतिक महत्व रहेको उल्लेख गर्दै जनरल चौहानले भारले पनि यसको प्रयोग अघि बढाउने बताए । जटिल भूराजनीतिक अवस्थितीमा क्वान्टम प्रविधिको प्रयोगले भारतलाई संसारकै अग्रणी मुलुक बनाउने दाबी गरे ।

पछिल्लो समय विद्युतीय युद्धकार्यमा कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, क्वान्टम प्रणालीजस्ता नवीन प्रविधिलाई समावेश गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ । उनले दक्ष जनशक्तिको उत्पादन, शोध अनुसन्धानमा लगानी, रक्षा उत्पादन एवम् प्राविधिक साझेदारीजस्ता कारणले छोटो समयमा नै भारत क्वान्टम प्रविधिमा अग्रणी मुलुकका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ११ : ०४ बजे

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं–  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार