आज २०८१ साल पुस २ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस २ गते मंगलबारको राशिफल


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस २ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर १७ तारिख। पौष कृष्ण पक्षको द्वितीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। दैनिक काम बन्नेछ। सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। कोठामा एक्लै बस्नु भन्दा साथीभाइसँग भेट गरेर परामर्श लिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सामान्य काम गरे पनि ठुलो आर्थिक कारोबार नगर्नु राम्रो हुनेछ।

वृष : थोरै लगानी गरे पनि व्यवसाय फस्टाउने दिन छ। लगानी गर्नुभएको भए फाइदा हुनेछ। उपचारको क्रममा भए लाभ प्राप्त हुनेछ। बौद्धिक र अग्रज व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ।

मिथुन : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि आम्दानी बढ्नेछ। राज्यको तर्फबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : दिन सामान्य छ। सानो कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। खानपानमा ख्याल नगर्दा चिसोबाट हुने रोगले सताउने जोखिम छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा संगठित भएमा फाइदा हुनेछ। खानेकुरामा सचेत नहुँदा पेट सम्बन्धी समस्या बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

कन्या : दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। शिक्षामा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ। सहयोगी व्यक्तिबाट धोका हुनेछ। रोगबाट मुक्ति मिल्नेछ। उपचारमा भए निरन्तरता दिनु राम्रो हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

वृश्चिक : खानपानमा समस्या हुनसक्छ। साथीसँग बोल्दा सचेत हुनुपर्ने दिन छ। दैनिक काममा भने कुनै अवरोध नहुने देखिन्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमाथि विश्वास गर्ने बानीले धोका हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने योग छ।

धनु : दिन राम्रो छ। धन कमाउने अवसर स्वदेशमा देखिने छन्। यसले मन खुशी हुने दिन छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। धार्मिक कार्यम सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। सामाजिक काममा भए सेवाको अवसर मिल्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफन्तबाट अपमानित हुनुपर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। कारोबार गर्नैपरे आफ्नो हातले नदिनु राम्रो हुनेछ। संकटमा साथीले भने साथ दिनेछन्।

कुम्भ : दिन सहज छ। राजनीतिमा झुक्याउने व्यक्ति सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। घरभित्र भन्दा बाहिर तपाईंको प्रशंसा हुनेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइसँग भेट हुने योग छ।

मीन : सुरुवाती साढेसाती दशा चलिरहेको छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। रोगलाई सानो भनेर हेप्नुभन्दा यसको उपचारमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : ११ बजे

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न