मेरो माइक्रोफाइनान्सले साढे ७ प्रतिशत बोनस दिने « Khabarhub

मेरो माइक्रोफाइनान्सले साढे ७ प्रतिशत बोनस दिने


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब ८ प्रतिशत बोनस घोषणा गरेको छ ।

कम्पनीको १६५औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट कम्पनीले चुक्ता पुँजीको ७.८९४७ प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहालका अनुसार चुक्ता पुँजीको ९ करोड ९० लाख रुपैयाँ बराबरको ७.५ प्रतिशत बोनस शेयर दिने भएको छ भने उक्त बोनमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ५२ लाख १० हजार ५२६ रुपैयाँ बराबरको ०.३९४७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी बस्ने वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १२ : २८ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा