नगर प्रहरीको काम सडकमा आतंक मच्चाउने होइन : प्रधानमन्त्री ओली « Khabarhub

नगर प्रहरीको काम सडकमा आतंक मच्चाउने होइन : प्रधानमन्त्री ओली


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडकमा आतंक मच्चाएको बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवस कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले नगर प्रहरीको काम गरिब लखेट्ने नभएको बताएका हुन् ।

काठमाडौंका नगर प्रहरीले ठेला, साइकल र गाडामा सब्जी, अन्य उपभोग्य सामान बेच्नेलाई लखेट्ने गरेको सन्दर्भ जोड्दै उनले ललितपुरमा त्यस्तोनभएको उल्लेख गरे ।

‘ललितपुर नगर प्रहरीलाई सम्मानित गरेकोमा खुसी लागेको छ । कम्तीमा ललितपुर नगर प्रहरीले गुर्रर जीपमा कुदेर, अर्कै लोकबाट झरे जस्तो गरेर पिर्रपिर्र सिट्ठी बजाउँदै आतंक मच्चाउँदै, ठेला फाल्दै, गरिबका तरकारी र टमाटर फाल्दै हिँडेको मैले देखेको छैन । नगरप्रहरीलाई धन्यवाद’, उनले भने, ‘नगर प्रहरी आतंकको पर्याय होइन, नगरबासीको रक्षक हुनुपर्छ ।’

उनले काठमाडौंमा नगर प्रहरीले सडकमा आतंक मच्चाएको सन्दर्भ कोट्याउँदै कता भागौँ भन्ने अवस्थामा जनतामा हुन नहुने बताए ।‘नगर प्रहरी देख्नेबित्तिकै आयो-आयो कता भागौँ ? के गरौँ भन्ने हुनु हुँदैन’, उनले भने, ‘नगर प्रहरी देखेर जनता तर्सिने अवस्था कम्तीमा ललितपुरमा चाहिँ नहोस् ।’

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  २ : ३७ बजे

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर