खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन | Khabarhub Khabarhub

खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले उपभोक्तालाई शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को अनुगमन तथा निरीक्षण पश्चात् मन्त्री यादवले उपत्यकामा खानेपानी वितरण सुनिश्चित गर्न कर्मचारीलाई निर्देशन दिए।

पानीपोखरी नियन्त्रण कक्षबाट स्वचालित रूपमा खानेपानी वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न तथ्यांक प्राप्त गर्ने, पानीको चुहावट नियन्त्रण गर्ने कार्यमा बाँकी रहेका काम यथाशीघ्र सम्पन्न गर्नसमेत निर्देशन उनले दिए।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) बाट हाल सञ्चालनमा रहेका खानेपानी सम्बन्धीका सबै काम समयमै सम्पन्न गर्न मन्त्री यादवले आग्रह गरे।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ४ : ३८ बजे

इजलासमा रविको गुनासो- मविरुद्ध मिडिया ट्रायल भयो, न्यायाधीशको जवाफ : हेरौँला

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ

बझाङमा भूकम्पको धक्का महसुस

चैनपुर – बझाङमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार

कार्यान्वयनयोग्य कानून निर्माणमा समितिको जोड

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कानुन निर्माण

एमाले हेटौँडा नगरको अध्यक्षमा कार्की विजयी

मकवानपुर – नेकपा(एमाले) हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की विजयी भएका

‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान

एजेन्सी – कोइला र ग्याँसमाथिको निर्भरता घटाउन जापानले सन् २०४०