एसिसी महिला यू-१९ : झरी परेपछि भारतसँग बराबरी, नेपाल समूह उपविजेता « Khabarhub

एसिसी महिला यू-१९ : झरी परेपछि भारतसँग बराबरी, नेपाल समूह उपविजेता


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसिसी महिला यु– १९ क्रिकेट प्रतियोगितअन्तर्गत मंगलबार भएको खेल मौसमका कारण रद्द भएपछि नेपाल र भारतले अंक बाँडेका छन् ।

मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिन पुगेको थियो ।

त्यसपछि खेल पुनःसञ्चालन गर्न सम्भव नभएपछि दुवै टोलीलाई एक अंक दिइएको छ । यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बने ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै भारतलाई ९४ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि कप्तान पूजा महतोले २५ र अलिशा यादवले २० रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाएनन् ।

भारतकी पारुनिका सिसौदाले नेपालका ४ विकेट झारिन् । समूह ‘बी’बाट बंगलादेश पहिलो र श्रीलंका दोस्रो बन्दै अन्तिम ४ मा प्रवेश गरेका छन् ।

नेपालले अब अन्तिम ४ मा आगामी बिहीबार श्रीलंकासँग र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : १० बजे

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण