एकीकृत समाजवादीले आगामी निर्वाचनहरू एक्लै लड्ने « Khabarhub

एकीकृत समाजवादीले आगामी निर्वाचनहरू एक्लै लड्ने

वामदेवलाई भित्र्याउन संवाद गरिँदै


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी दिनमा हुने सबै किसिमका चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिह्नका उम्मेदवारहरू एक्लै लड्ने निष्कर्ष निकालेको छ ।

यसका लागि जनतामा जाने पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जनकारी दिएका छन् ।

बैठकले पार्टी एकता नगर्ने र सुदृढीकरणमा ध्यान दिने निर्णय पनि गरेको उनले जानकारी दिए ।

बैठकले पार्टीलाई जनतासँग जोड्न जनसंघर्ष अभियान चलाउने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ ।

सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताएका छन् ।

बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ । पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ ।

कार्यविभाजनका सन्दर्भमा आएका सुझावलाई अध्ययन गरि दुई दिनपछि टुंग्याउने खतिवडाले बताए ।

खतिवडाले वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउन छलफल भइरहेको बताए । यसमा गौतम पनि सकारात्मक रहेको खतिवडाले बताए ।

यसका लागि अन्य प्रक्रियाका कामहरू जारी रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : ४२ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत