सगरमाथा हेरेर स्वदेश फर्किए ब्रायन लारा « Khabarhub

सगरमाथा हेरेर स्वदेश फर्किए ब्रायन लारा


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा आएका क्रिकेट लिजेन्ड ब्रायन लाराले सगरमाथा बेस क्याम्पको भ्रमण गरेका छन् । सोमबार बिहान सगरमाथालाई नजिकबाट देख्दा उत्साही बनेका उनी मंगलबार स्वदेश फर्केका छन् ।

ब्रायन सोमबार बिहान आफ्नी छोरी टिला लारालाई साथमा लिएर सिम्रिक एयरको हेलिकोप्टरबाट सगरमाथा बेस क्याम्पमा पुगेका थिए ।

ब्रायनले विश्वकै जोखिमपूर्ण मानिने लुक्ला एयरपोर्टलाई पनि चासोपूर्वक हेरेको र हिलारी एयरपोर्टमा स्थानीय फ्यानहरुलाई अटोग्राफ दिएको ब्रायनसँगै गएका सिद्धार्थ थापाले खबरहबलाई बताए । थापाले ब्रायनकी छोरीसँगै आफ्नी छोरी अमाया थापालाई पनि लगेका थिए ।

विश्वको सबैभन्दा अग्लो ठाउँमा पुगेर उत्साही बनेका ब्रायनले अमायालाई क्रिकेटको ब्याटमा हस्ताक्षर गरेर उपहार दिए ।

सगरमाथा क्षेत्रमा पुगेका ब्रायनले विभिन्न हिमालहरु हेलिकोप्टर चढेर नजिकैबाट अवलोकन गरे ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग हेर्न र नेपाली खेलाडीहरुलाई हौसला दिन विश्व चर्चित क्रिकेटर ब्रायन गत शुक्रबार नेपाल आएका थिए।

 

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ८ : २१ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।