यस्तो छ रवि लामिछानेलाई समात्न जारी पक्राउ पुर्जी « Khabarhub

यस्तो छ रवि लामिछानेलाई समात्न जारी पक्राउ पुर्जी


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिविरुद्ध जारी गरेको पक्राउ पुर्जी सार्वजनिक भएको छ ।

जिल्ला अदालत कास्कीबाट शुक्रबार नै पक्राउ अनुमति लिइ लामिछानेसहित १४ जनाविरुद्ध एकै दिन पक्राउ पुर्जी जारी भएको हो । ‘मानिस पक्राउ गरी पठाइदिने सम्बन्धमा’ विषयक पक्राउ पुर्जीमा जाहेरीवाला कृष्णप्रसाद जैसीको नाम समेत उल्लेख छ ।

पुर्जीमा लेखिएको छ-

प्रस्तुत विषयमा कृष्णप्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूर्यदर्शन बचत तथा ऋण सहकाारी संस्था लि. पोखराको पूर्वअध्यक्ष एवम्‌ सञ्चालक गितेन्द्र बाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा निम्न नामथर वतन गरेका व्यक्तिलाई पक्राउ गर्न सम्मानित कास्की जिल्ला अदालतबाट मिति २०८१/०७/०२ गते पक्राउ अनुमति जारी भई आएको हुँदा पक्राउ अनुमति यसै साथ संलग्न राखी पठाइएको छ । प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइदिनुहुन अनुरोध गरिएको छ ।’ 

पक्राउ पुर्जीमा उल्लेखित ब्यहोराअनुसार लामिछानेलाई ठगी र संगठित अपराध गरी दुईवटा मुद्दा लाग्ने देखिएको छ ।

लामिछानेसहित विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ३१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले