आज २०८० साल माघ ४ गते बिहिबारको राशिफल « Khabarhub

आज २०८० साल माघ ४ गते बिहिबारको राशिफल


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल माघ ४ गते बिहीबार तदनुसार सन् २०२४ जनवरी १८ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ । तपाईंको रोजाइमा रहेका सबै क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन जाने देखिन्छ । आज के माग्ने भन्दा के दिएर सेवा गर्ने भन्ने सोच राख्नु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

वृष : दिन सामान्य छ । हरेक क्षेत्रमा अप्ठेरो परिस्थिति छ । शिक्षाका क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा विरोधका स्वर सुनिए पनि परिवारको साथ मिल्नेछ ।

मिथुन : समय राम्रो छ । लगानी गरेका हरेक क्षेत्रमा फाइदा हुनेछ । विद्या, बुद्धि र व्यापारमा फाइदा हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दैनिकी सामान्य छ । झुटो आरोप लाग्न सक्छ । झुक्याउने धेरै भएकाले व्यवहार गर्दा सचेत हुनु आवश्यक छ । परिवारमा विश्वासको खडेरी लाग्नेछ । प्रेम सम्बन्ध असफल हुनसक्छ ।

सिंह : दिन राम्रो छ । श्रमको सबैले प्रशंसा गर्नेछन् । दिन रमाइलो बन्नेछ । हरेक क्षेत्र सबल भए पनि परिवारको विश्वास गुम्नसक्ने खतरा देखिन्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

कन्या : दिन राम्रो छ । फरक प्रस्तुति आवश्यक देखिन्छ । सत्य कुरा बोल्न नसक्दा अरुले फाइदा लिनेछन् । परिवारको सहयोग हुने भएकाले दिन रमाइलो बन्नेछ ।

तुला : दैनिकी राम्रो छ । लगानीबाट राम्रो प्रतिफल मिल्ने योग रहेको छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा हौसला मिल्नेछ । पुराना साथीसँगको भेटले दिन रमाइलो बन्नेछ ।

वृश्चिक : दैनिकी सामान्य छ । झुटा आरोप सुन्नुपर्ने योग रहेको छ । आफूभन्दा ठूलाको आज्ञा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दिन सामान्य राम्रो छ । बसाइँसराइको पीडा भोग्नुपर्ने देखिन्छ । शिक्षामा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारमा खटपट हुने देखिन्छ ।

मकर : दैनिकी सामान्य राम्रो छ । वादविवाद हुनेछ । आरोप लाग्नसक्छ । गणेशको स्मरण गरेमा मात्र काम सफल हुनेछ । परिवामा समस्या हुनसक्छ ।

कुम्भ : दिन सामान्य छ । तनावमा समय जानेछ । तपाईंको राशिलाई शनिदेवको छाया रहेको छ । हनुमानको चिन्तन गर्नाले धेरै समस्या टरेर जानेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन राम्रो छ । हरेक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ । मन प्रशन्न हुनेछ । वैदेशिक क्षेत्रमा ठगी हुने भएकाले सचेत बन्नुपर्छ । परिवारको साथ र सहयोग राम्रो छ ।

 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ५ : ४० बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा