रोमाञ्चक डबल सुपर ओभरमा भारत विजयी « Khabarhub

रोमाञ्चक डबल सुपर ओभरमा भारत विजयी


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिज क्लिन स्वीप गरेको छ । भारतले सिरिजको तेस्रो खेल दोहोरो सुपर ओभरमा जित्दै सिरिजमा क्लिन स्वीप गरेको हो ।

बैंगलोरमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१२ रन बनाएको थियो । जसमा कप्तान रोहित शर्माले अविजित १२१ रनको इनिङ खेलेका थिए भने रिंकु सिंहले अविजित ६९ रन बनाएका थिए । जवाफमा अफगानिस्तानले पनि २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले भारतलाई जितका लागि १७ रनको लक्ष्य दिएको थियो भने भारतीय टोलीले १६ रन बनाएको थियो । यस्तो अवस्थामा पहिलो सुपर ओभर बराबरीमा सकिएको थियो ।

यस्तो अवस्थामा दोस्रो सुपर ओभरमा बल्ल विजेताको निर्णय भयो । जसमा भारतले अफगानिस्तानलाई १२ रनको लक्ष्य दिएको थियो तर अफगानिस्तानले एक रनमा दुई विकेट गुमाएपछि भारत विजयी भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ७ : ३९ बजे

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको