रोमाञ्चक डबल सुपर ओभरमा भारत विजयी « Khabarhub

रोमाञ्चक डबल सुपर ओभरमा भारत विजयी


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिज क्लिन स्वीप गरेको छ । भारतले सिरिजको तेस्रो खेल दोहोरो सुपर ओभरमा जित्दै सिरिजमा क्लिन स्वीप गरेको हो ।

बैंगलोरमा भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१२ रन बनाएको थियो । जसमा कप्तान रोहित शर्माले अविजित १२१ रनको इनिङ खेलेका थिए भने रिंकु सिंहले अविजित ६९ रन बनाएका थिए । जवाफमा अफगानिस्तानले पनि २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले भारतलाई जितका लागि १७ रनको लक्ष्य दिएको थियो भने भारतीय टोलीले १६ रन बनाएको थियो । यस्तो अवस्थामा पहिलो सुपर ओभर बराबरीमा सकिएको थियो ।

यस्तो अवस्थामा दोस्रो सुपर ओभरमा बल्ल विजेताको निर्णय भयो । जसमा भारतले अफगानिस्तानलाई १२ रनको लक्ष्य दिएको थियो तर अफगानिस्तानले एक रनमा दुई विकेट गुमाएपछि भारत विजयी भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ७ : ३९ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता