वन्यजन्तु पीडितले क्षति वापतको राहत पाएनन् | Khabarhub Khabarhub

वन्यजन्तु पीडितले क्षति वापतको राहत पाएनन्


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीका किसानले वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्‍याए वापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन् । वन्यजन्तुबाट हुने क्षति वापतको राहत सहयोग सम्बन्धि निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अङ्गभङ्ग एवं मानवीय क्षति, पशुधन, घरगोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । पीडित परिवारले राहतका लागि डिभिजन वन कार्यालयमा निवेदन दिँदै आएका छन् ।

दुई वर्ष बित्न लाग्दा पनि आफूले अझै वन्यजन्तुबाट भएको क्षतिको राहत रकम कार्यालयबाट पाउन नसकेको छत्रकोट गाउँपालिका–४ का विष्णुप्रसाद पन्थले बताए । उनीजस्तै रेसुङ्गा नगरपालिका–३ की चित्रकला थापाको समस्या पनि उस्तै छ । “बाघले बाख्रा खाइदिएपछि राहत मिल्छ भनेर वन कार्यालयमा निवेदन दिएको पनि धेरै समय भयो, अझैसम्म राहत पाएको छैन”, उनले भनिन् ।

प्रदेश वन निर्देशनालयमार्फत डिभिजन वन कार्यालयले भुक्तानी दिने भनी सरकारले निर्णय गरिसकेको छ । तर निर्णय गरे पनि हालसम्म राहत रकमसम्बन्धी बजेट डिभिजन वन कार्यालय गुल्मीमा निकासा भएको छैन । चालु आर्थिक वर्षको असार महिनापछि कार्यविधि परिवर्तन भए पनि असार मसान्तभन्दा अघिसम्म बाँके राष्ट्रिय निकुञ्जबाट राहत रकम उपलब्ध गराउँदै आइरहेको थियो । निर्देशिका परिवर्तन भएपछि प्रदेशले जिल्लामा रकम पठाउने भने पनि हालसम्म उक्त रकम अझै डिभिजन वन कार्यालयमा आएको छैन ।

असार मसान्तअघि पेश भएका निवेदनको रकम जिल्लामा नआएको हुँदा भुक्तानीका लगि बाँके राष्ट्रिय निकुञ्जमा फाइल पठाएको जिल्ला वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिए । “हामीले जिल्लामा आएका भुक्तानी हुन बाँकी सबै फाइल राष्ट्रिय निकुञ्जमा पठाइसकेका छौँ”, त्यहीबाट पीडितको खातामा रकम जान्छ”, उनले भने ।

आव २०७९/०८० मा जिल्लामा वन्यजन्तुको आक्रमणबाट ६८ पशुधन र ११ जनाको अन्नबालीमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिकाबमोजिम मानवीय क्षतिको लागि २० हजारदेखि अधिकतम दश लाख, पशुधनको क्षतिका लागि रु दश हजारदेखि ३० हजार र खाद्यान्न बालीको क्षतिको लागि रु दश हजारसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ८ : १३ बजे

‘कुनै बेला गोल्ड स्टार लाउने गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरवको ब्राण्ड भयो’

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपममासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

सन्तानको भोकले डिम्बको अवैध कारोबार बढ्यो, अस्पष्ट कानुनले जोखिममा किशोरी 

निःसन्तानपनको समस्या अहिले नेपाल लगायत विश्वमै ठूलो चुनौती बनेको छ

लागूऔषधविरुद्ध अभियान : झापामा ५५९ जना पक्राउ

झापा– खुला सीमाका कारण झापामा लागूऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी

वार्ताअघिको फोटो सेसन, ओलीसँग चर्काचर्की गरेका पोखरेल र थापा पनि

काठमाडौं- शनिबार मात्रै सकिएको नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी

रुकुम पश्चिममा १० हजारभन्दा बढी बिरुवा रोपियो

त्रिवेणी– रुकुम पश्चिममा गत आर्थिक वर्ष २०८१/८२ मा १० हजार