आगलागीबाट ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट « Khabarhub

आगलागीबाट ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगलागीबाट ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङको विराटनगर महानगरपालिका-९ चुलाचुली मार्ग बस्ने सुरेश कुमार शाहको जेनेटर राख्न बनाइएको घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा जेनेरेटर पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सुनसरीकाे हरिनगरा गाउँपालिका-३ गौतमपुर बस्ने अरविन्द मेहताको २ बिघा, शिव दयाल मेहताको ३ बिघा, महेश मेहताको १० कठ्ठा, र बिहारी महतोको १० कठ्ठा गरी जम्मा ६ बिघा उखु खेतीमा बुधबार दिउँसो आगलागी भएको छ ।  क्षतिको विवरण भने हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १२ : ४३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर