आगलागीबाट ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट « Khabarhub

आगलागीबाट ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगलागीबाट ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङको विराटनगर महानगरपालिका-९ चुलाचुली मार्ग बस्ने सुरेश कुमार शाहको जेनेटर राख्न बनाइएको घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा जेनेरेटर पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सुनसरीकाे हरिनगरा गाउँपालिका-३ गौतमपुर बस्ने अरविन्द मेहताको २ बिघा, शिव दयाल मेहताको ३ बिघा, महेश मेहताको १० कठ्ठा, र बिहारी महतोको १० कठ्ठा गरी जम्मा ६ बिघा उखु खेतीमा बुधबार दिउँसो आगलागी भएको छ ।  क्षतिको विवरण भने हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १२ : ४३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु