काठमाडौं– गत कार्तिकमा प्रदर्शनमा आएको हिट फिल्म ‘दिमाग खराब’ निर्देशन गरेका निश्चल बस्नेतले लगतै एक्सन फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । जन्मदिनको अवसर पारेर बिहीबार उनले एक्सन फिल्म निर्देशन गर्न लागेको जानकारी दिएका हुन् ।
‘लुट २’को ६ वर्षपछि निश्चलले दिमाग खराबबाट निर्देशनमा ‘कम ब्याक’ गरेका थिए । तर, अब उनले लामो विश्राम नलिने निर्णयमा पुगेका छन् । सो फिल्मको छायांकन आगामी दशैँदेखि सुरु हुने उनले खबरहबलाई जानकारी दिए ।
बस्नेत भन्छन्, ‘प्राविधिक कुरा मिलिसकेको छ । अब स्क्रिप्टको काम गर्नुपर्ने छ ।’
नाम तय नभए पनि सो फिल्म निश्चलको कम्पनी ‘ब्ल्याक हर्स’ले निर्माण गर्न लागेको हो ।
त्यस्तै, ‘बेहुली प्रम मेघौली’मा पनि निश्चलको अभिनय रहने पक्का भएको छ । आगामी चैतबाट छायांकनमा जाने तयारी रहेको यस फिल्ममा नायिकामा स्वस्तिमा खड्का मुख्य भूमिकामा रहने तय भइसकेको छ ।
निश्चलका अनुसार यस फिल्ममा उनको अपोजिटमा स्वस्तिमा रहने छिन् । उनी भन्छन्, ‘यो फिल्ममा बाँकी दुई कलाकारको पनि महत्त्वपूर्ण भूमिका रहने छ ।’
आकाश बराल र सजन काफ्लेको निर्देशन-लेखनमा रहेको सो फिल्म निश्चलको कम्पनी ब्ल्याक हर्स र मेघौली फिल्मस्को संयुक्त लगानीमा बन्न लागेको हो ।
प्रतिक्रिया