लुक्लामा हवाई सेवा लिने पर्यटक बढे | Khabarhub Khabarhub

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सल्लेरी– सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो ।

प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा एक लाख एक हजार पाँच सय एक पर्यटकले हवाई सेवा प्रयोग गरेकामा सन् २०२३ मा एक लाख ३३ हजार दुई सय ७४ जना पुगेका थिए । सङ्ख्यात्मक हिसाबले ३१ हजार सात सय ७३ बढी हो । हवाई सेवा लिने अधिकांश विदेशी पर्यटक रहेको उनको भनाइ थियो ।

सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको प्राधिकरण प्रमुख पन्थीले बताए। सगरमाथा क्षेत्रको विमानस्थल भनेर चिनिने लुक्ला विमानस्थलमा हवाई सेवा लिनेको सङ्ख्या अधिक हुने गरेको छ ।

खुम्बु भ्रमण गर्ने अधिकांश विदेशी पर्यटक काठमाडौँ वा रामेछापको मन्थलीबाट जहाजमै लुक्लासम्म पुग्ने र त्यहाँबाट पैदलयात्रा गर्दै उकालो लाग्ने गरेको तारा एयरलाइन्स लुक्लाका स्टेसन इन्चार्ज अमृत मगरले बताए ।

उनका अनुसार लुक्लासम्म सडकमार्ग नपुगेकाले खुम्बु भ्रमण गर्ने अधिकांश पर्यटकले हवाई सेवा नै लिनुपर्ने बाध्यता छ । सीमित पर्यटकले मात्रै गाडीबाट सदरमुकाम सल्लेरी, थामडाँडा हुँदै त्यहाँबाट हिँडेर लुक्ला पुग्ने गरेको उनको भनाइ थियो । जिल्लाको आठ स्थानीय तहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक नपुगे पनि अन्य स्थानीय तहका  केन्द्रसम्म सडक पुगिसकेको छ ।

 खुम्बु पासाङल्हामुले पनि यसै आर्थिक वर्षभित्र पालिकाको केन्द्रसम्म सडक पुर्याउने लक्ष्यका साथ सडक विस्तारलाई तीव्रता दिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए ।

नौ सय २८ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी

सोलुखुम्बुको लुक्लामा नौ सय २८ टनभन्दा बढी कार्गो सामग्री ढुवानी भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित उक्त विमानस्थलमा सन् २०२३ मा नौ लाख २८ हजार नौ सय ८४ किलोग्राम अर्थात् नौ सय २८ दशमलव ९८ टन कार्गो ढुवानी भएको उक्त शाखाले जनाएको छ । 

कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार ढुवानी गरिएका सामग्रीमा खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडालगाययत रहेका छन् । लुक्लासम्म सडक नपुगेकाले सो क्षेत्रमा सामग्री ढुवानीको भरपर्दो साधन नै हवाई सेवा बनेको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए। ती सामग्री जहाज तथा हेलिकोप्टरमार्फत ढुवानी गरिएको उक्त शाखाले जनाएको छ । 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  २ : ५० बजे

ह*त्या गरेको अभियोगमा पक्राउ

ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन्

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार