मधेश प्रदेशसँग एपीएफ स्तब्ध « Khabarhub

मधेश प्रदेशसँग एपीएफ स्तब्ध


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेस प्रदेशले एपीएफ क्लबलाई ५ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा मधेसका तीन खेलाडीले अर्धशतक प्रहार गरे । एपीएफले दिएको २४७ रनको लक्ष्य मधेशले ५ विकेटको क्षतिमा ४८ ओभरमा नै पूरा गर्यो ।

मधेशको जितमा पवन सर्राफ, निरज यादव र रुपेश सिंहले अर्धशतक प्रहार गरे । बलिङमा एपीएफका रुपेश कुर्मी र कप्तान रोहित पौडेलले समान २-२ विकेट लिए ।

त्यसअघि टस जितेको मधेसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपीएफले ९ विकेट क्षतिमा २४६ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले ५९ रन र रोहित पौडेलले ५८ रन जोडे ।

अमरसिंह रटेउलाले नटआउट ४९ रन जोडे । बलिङमा मधेसका रुपेश सिंह र प्रदीप पासवानले समान ३–३ विकेट लिँदा रंजित कुमारले २ विकेट लिए । प्रतियोगितामा एपीएफको यो पहिलो हार हो ।

 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ४ : १८ बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र