बिदा नबसेको भन्दै पाँच प्रहरीलाई सोधियो स्पष्टीकरण « Khabarhub

बिदा नबसेको भन्दै पाँच प्रहरीलाई सोधियो स्पष्टीकरण


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नियम अनुसारको बिदा नबसेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले ५ जना प्रहरीलाई स्पष्टीकरण सोधेको छ ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित ) मा व्यवस्था भएबमोजिम नियम अनुसारको उपभोग गर्न पाउने बिदा जानुपर्ने भएता पनि ६ महिनासम्म बिदा नलिएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरण सोधिनेहरुमा प्रहरी सहायक हवल्दार सविन थक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, अनिल परियार र रुपेश तामाङ रहेका छन् ।

स्पष्टीकरण पत्रमा भनिएके छ ‘६ महिनासम्म बिदा नजानुपर्ने कारण के हो ? बिदा लिई आफ्नो घरायसी समस्या समाधान गर्नुपर्छ भन्ने जानकारी छ वा छैन ? आफ्नो घर परिवारको रेखदेख गर्ने तपाईको कर्तव्यभित्र पर्छ भन्ने कुराको जानकारी छ वा छैन ? बिदा भुक्तान गरी सकेपश्चात नागरिकहरुमा मुस्कानसहितको गुणस्तरीय सेवा सुविधा दिनु पर्नेमा स्वयं आफ्नो समस्या नदर्साई कुनै किसिमको बिदा नगई आफैँमा उदासिनता बसेको देखिएका हुँदा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ इन्सपेक्टर बेनु कार्कीले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

स्पष्टीकरणको २४ घण्टामा सन्तोषजनक जवाफ नआए प्रहरी नियमावलीबमोजिम कारबाही हुनेसमेत पत्रमा चेतावनी दिइएको छ ।

 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ६ : १३ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व